काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।
आयोगले मङ्गलबार भ्रष्टाचार गरेको आरोपमा मेयर थापा सहित ६ जना विरुद्ध ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
अख्तियारले बागमती नगरपालिकाका उपप्रमुख लीलाकुमार मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।



























































