काठमाडौँ – अमेरिका र वेष्टइण्डिजमा जारी आईसीसी टी–२० क्रिकेट विश्वकपको समूह ‘डी’ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल क्रिकेट मैदानमा निरन्तर वर्षा भएपछि खेल सुरु नहुँदै रद्द भएको हो ।


ADVERTISEMENT


खेल स्थानीय समय अनुुसार साँझ ७ः३० (नेपाली समय अनुसार बिहान ५ः१५ )बजे हुने तालिका थियो । तर वर्षाका कारण मैदान भिजेपछि खेल सुरु हुन सकेको थिएन । खेल समयको १ घण्टापछिको निरीक्षण पश्चात पनि मैदानको अवस्था उस्तै रहेको र खेल सुचारु गर्ने अवस्था नदेखिएपछि रद्द गर्नुपरेको हो ।


ADVERTISEMENT

# # #


खेल रद्द भएसँगै नेपाल र श्रीलंकाले १–१ अंक बाँडेका छन् । यससँगै नेपालले २ खेलमा १ अंक बटुलेको छ भने विश्वकपको सुपर ८ मा पुग्ने श्रीलंकाको सपना भने अन्त्य भएको छ । सुरुका २ खेल हारेको उसले आजको खेलमा आजको खेल अंक बाँड्नुपरेपछि ३ खेलबाट मात्र १ अंक प्राप्त गरेको हो ।

यसअघि पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो । नेपालले तेस्रो खेल नेपाली समय अनुसार शनिबार बिहान ५ः१५ बजे दक्षिण अफ्रिकासँग वेष्टइण्डिजको सेन्ट भिन्सेन्टमा खेल्नेछ । उक्त खेलका लागि नेपालका स्टार स्पिनर सन्दीप लामिछाने उपलब्ध हुनेछन् । अमेरिकाको भिसा नपाउँदा विश्वकपका सुरुवाती २ खेल खेल्न वञ्चित भएका उनी बाँकी २ खेलका लागि वेष्ट इण्डिज पुगिसकेका छन् ।

श्रीलंका दक्षिण अफ्रिकासँग ६ र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । उसले अन्तिम खेल नेदरल्याण्डसँग खेल्नेछ ।