जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । उनी एक्लो प्रतिस्पर्धामा निर्विरो निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


महाधिवेशनअन्तर्गत आज भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेको थियो ।


ADVERTISEMENT

# # #


निर्विरोध भइसकेपनि औपचारिक घोषणा हुन बाँकी रहेको जसपा नेता मनिष सुमनले जनाए ।

जसपा नेपालमा अध्यक्षबाहेकका पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ । अहिले अन्य उम्मेदवारको नामावली सार्वजनिक भइसकेको छैन ।