काठमाडौँ– नामिबियामा जारी आर्इसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले अहिले पहिलो खेलमा नामिबिया विरुद्ध खेलिरहेको छ । जसमा नेपालले सातौँ सफलता हात पारेको छ ।


ADVERTISEMENT


नामिबियाको विन्डहक स्थित एफिज पार्क मैदानमा नेपालले टस जितेर फिल्डिङको निर्णय गरेको नेपालले नामिबियाको ३ रन हुँदा पहिलो विकेट लिन सफल भएको थियो ।


ADVERTISEMENT

# # #


त्यसपछि नामिबियाको २३ रन हुदा नेपालले दोस्रो सफलता पायो । नामिबियाका स्टेफेन बार्ड १८ रनमा पेभेलियन फर्किए । नेपालका लागि पहिलो दुर्इ विकेट सोमपाल कामीले लिएका थिए ।

नामिवियाले ७५ रन हुँदा तेस्रो विकेट गुमायो । बसन्त रेग्मीले जिम पियरे कोट्जीलाई ब्यक्तिगत ९ रनमा आउट गरे । त्यसको लगत्तै राम्रो लयमा देखिएका क्रेग विलियम्सलाई सन्दिपले एलबीडब्लु धरापमा पारे । उनले ४१ रन बनाए ।

नामिबियाको स्कोर ८० रन हुदा नेपालले पाँचौ विकेट लिन सफल भयो । कप्तान पारस खड्काले ग्यारेथ इरामुसलाई खाता खोल्न नदिँदै आउट गरे ।

नामिबियाका कप्तान बर्गर डक आउट भएपछि नेपालले छैटौं विकेट हात पारेको थियो । यो विकेट पनि सन्दीप लामिछानेले नै लिएका थिए । यस्तै खेलको २५.४ ओभरमा शरद भेषवाकरले जेएन फ्रेन्कलिनलाई पेवेलिएनको बाटो दखाएका छन् । उनले फ्रेन्कलिनलाई विकेटकिपर दिलीप नाथको हातबाट स्टम्पिङ गराएका हुन् । ताजा अवस्थामा नामिवियाको स्कोर २६.४ ओभरमा ७ विकेटको क्षतीमा ११७ रन बनाएर खेलिरहेको छ ।
नेपालको लागि सन्दीप लामिछाने र कप्तान पारस खड्काले समान २/२ मेडेन ओभर फालेका थिए ।

नेपाली राष्ट्रिय क्रिकेट टिममा पहिलो पटक स्थान बनाएका रोहितकुमार पौडेलले विहीबारको खेलबाट राष्ट्रिय टिममा डेब्यु गर्दैछन ।

नेपालका लागि भारतीय ब्याटिङ कन्सल्ट्यान्ट सुलक्षण कुलकर्णीले रोहितलाई डेब्यु क्याप हस्तान्तरण गरेका हुन । विहीबारको खेलमा शक्ति गौचनलाई आराम दिइएको छ ।