विराटनगर – विगत तीन दिन देखि आन्दोलनरत कोशी प्रदेशका स्वास्थ्य बीमा दर्ता सहयोगीहरुले विराटनगरस्थित स्वास्थ्य बीमा बोर्डको प्रादेशिक कार्यालयमा तालाबन्दी गरिदिएका छन् ।
न्यूनतम प्रोत्साहन रकम १० प्रतिशतबाट वृद्धि गरी २५ प्रतिशत पुर्याउन माग गर्दै स्वास्थ्य बीमा दर्ता सहयोगीहरु आन्दोलनरत रहेका छन् । उनीहरुले आप्mनो माग पुरा गराउन दबाब दिनको लागि बुधवारदेखि स्वास्थ्य बीमा बोर्डको कार्यालयमा तालाबन्दी गरेका हुन् । आफ्नो मागहरुको सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनीहरुले जनाएका छन् ।
योगदान रकमको १० प्रतिशत सेवा सुविधा पाउँदै आएका दर्ता सहयोगीहरुको महालेखा परिक्षकको कार्यालयले बेरुजु देखाएपछि आयकर कट्टी एक प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको हो । तालाबन्दीका कारण स्वास्थ्य बीमाको प्रतिलिपी लिन आउने सेवाग्राहीहरु बढी प्रभावित भएको स्वास्थ्य बीमा बोर्डका प्रदेश कार्यायले जनाइको छ ।



























































