काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कुनै पनि एनजीओकर्मीलाई समितिमा प्रवेश गर्न नदिने बताएका छन् ।


ADVERTISEMENT


आइतबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै खतिवडाले संघीय निजामति ऐनमाथि छलफल गर्न आइतबार समितिको बैठक बोलाइएकोमा दुई जना एनजीओकर्मी समितिमा देखिएपछि बैठक स्थगीत भएको समेत बताएका छन् ।


ADVERTISEMENT

# # #


बैठक प्रभावित हुनुमा संसद सचिवालयका कर्मचारीको आन्दोलन पनि एउटा कारण रहेको उनको भनाइ छ । समितिको हलमा एनजीओका कार्यक्रम नगर्ने र कुनै एनजीओको सहयोग स्वीकार नगर्ने समेत उनले बताए ।

उनले समितिमा उपलब्ध गराइएको खाजाका बारेमा सचिवसंग जानकारी लिने काम भएको जिकिर गरे । खतिवडाले बैठकबाट गृहमन्त्री फर्केर आउने भन्दै निस्किएको भन्दै गृहमन्त्री निस्कने बेला एनजिओको प्रसंग नै नआएको दाबी गरे ।