काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा अनुसार अझै गति दिन आवश्यक रहेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारका कामकारबाही समग्रमा सन्तोषजनक र राम्रो नै रहेको भन्दै अझै गति दिनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले जनता र राष्ट्रका पक्षमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको पनि जनाए । प्रधानमन्त्री दाहालले बजेटका बारेमा एमालेको पनि कुनै असन्तुष्टि नरहेको जिकिर गरे ।

अहिलेको समीकरण राम्रैसँग अगाडि जाने भन्दै प्रधानमन्त्री प्रचण्डले उथलपुथल गर्ने बेला नभएको धारणा राखे । त्यस्तै प्रधानमन्त्री प्रचण्डले तीनवटै सुरक्षा प्रमुखहरूसँग आफूले केही दिनअघि छलफल गरेको र केही परिवर्तन नहुने भएकोले ढुक्कसँग काम गर्न भनेको पनि जानकारी दिए ।

रास्वपाका नेताहरूले राजीनामा गोजीमा राखेकोबारे दिएका अभिव्यक्तिका विषयमा प्रधानमन्त्री प्रचण्डले रास्वपाबाट मन्त्री भएकाले सुरुदेखि नै यस विषयमा बोलिरहेकाले अन्यथा नलिएको जिकिर गरे ।