काठमाडौँ – सन् २०२५ मा सगरमाथा आधार शिविरमा ‘विश्व सेफ सम्मेलन’ आयोजना हुने भएको छ ।
ग्यास्टोनोमी टुरिजम एसोसिएसन अफ नेपालले बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सन २०२५ को मे महिनामा सगरमाथा आधार शिविरमा ‘विश्व सेफ सम्मेलन’ आयोजना गर्ने घोषणा गरेको हो ।
कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले नेपाली परम्परागत खानालाई विश्वमाझ चिनाउनका लागि सगरमाथा आधार शिविरमा हुने ‘विश्व सेफ सम्मेलन’ले मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । उनले मुलुकको परम्परागत खानाहरुको प्रवद्र्धनमा सरकारले आवश्यक भूमिका खेल्नुपर्ने धारणा पनि राखिन् । उपसभामुख रानाले जलवायु परिवर्तनको असर नेपाली परम्परागत खाना उत्पादनमा परेको उल्लेख गरिन् ।
कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।



























































