प्रदेश सरकार गठनको लागि बाम गठबन्धनको बहुमत रहेको प्रदेश ४ मा मुख्यमन्त्रीमा नेकपा एमालेको केपि ओलि समूह मै रस्साकस्सी परेको छ ।९ औ महाधिवेशनमा केपि ओलि समूह बाट उपाध्यक्षका उम्मेदवार किरण गुरुङ र सचिवका उम्मेदवार पिएस गुरुङ मुख्यमन्त्रीको लागि एकले अर्कोलाई स्विकार नगर्दा केपि ओलि अफ्ट्यारोमा परेका छ्न।


ADVERTISEMENT


बिशेष सुत्रका अनुसार तत्कालिन अवस्थामा माधव नेपाल समुहलाई पराजित गर्न बामदेव समुहलाई केपि ओलि समुहमा लेराई अध्यक्ष बनाउन मुख्य सुत्राधारको भुमिका खेल्ने किरण गुरुङलाई आफुलाई लगाएको गुन तिर्न चाहन्छ्न तर आफ्नै समुहका पिएस गुरुङ पछि नहट्दा ओलि अफ्ट्यारोमा परेका छन् ।


ADVERTISEMENT

# # #


आफ्ना निकटसगको कुराकानीमा एमाले अध्यक्ष ओलिले प्रदेश ४को सवालमा आफू अफ्ट्यारोमा परेको बताउने गरेका छ्न।भावी प्रदेश ४ मुख्यमन्त्रीको लागि माघ २८ गते बोलाईएको ससदिय दलको बैठकसम्म प्रतीक्षा गर्नुपर्ने देखिन्छ।