काठमाडौं-आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले विजयी सुरूवात गरेको छ । नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले कमजोर ब्याटिङका बाबजुत ४९.३ बलमा लक्ष्य पुरा गर्दै विजयी सुरूवात गरेको हो ।


ADVERTISEMENT


नेपाललाई जिताउन बसन्त रेग्मीले उत्कृष्ट पारी खेल्दै नटआउट २४ रन बनाए । २४ बल खेलेका रेग्मीले १ छक्का र २ चौका प्रहार गरेका थिए ।


ADVERTISEMENT

# # #


अन्तिम दुई ओभरमा नेपाललाई खेल जित्न १६ रन आवश्यक थियो । ४८ औं ओभरको पहिलो र दोस्रो बल सन्दिप लामिछानेले खेल्न सकेनन् । तेस्रो बलमा एक रन लिँदै रेग्मीलाई स्ट्राइक छोडिदिए । रेग्मीले लङअनमा छक्का प्रहार गर्दे नेपाललाई खेलमा फर्काए ।

त्यसपछि नामिबियाका खेलाडीले वाइड फाले । अर्को बलमा रेग्मीले १ रन लिए । ४८‍औं ओभरको अन्ति बलमा लामिछानेले केही खेल्न सकेनन् । अन्तिम ओभरमा नेपाललाई ७ रन आवश्यक रहेको बेला पहिलो बलमा रेग्मीले २ रन लिए । दोस्रो बलमा चौका हान्दै खेलमा फर्किए । तेस्रो बलमा नामिबियाका खेलाडीले वाइड फालेपछि नेपालले ४ बल बाँकी छँदै खेल जितेको हो ।

त्यसअघि नेपालले ४३ ओभरमा ८ विकेट गुमाएर १ सय ११ रन जोडेर खेलिरहदा खेल वर्षाले रोकिएको हो । वर्षा रोकिएपछि सोमपाल कामी १३ रनमा विलियम्सबाट बोल्ड भए। त्यसपछि मैदान छिरेका सन्दीप लामिछानेले बसन्त रेग्मीलाई गतिलो साथ दिँदा खेल नेपालले जित्यो। सन्दीपले ६ बल खेलेर १ रन जोडे। उनी नै म्यान अफ द म्याच बने ।

यसअघि सुरूमै विकेट गुमाएको नेपालले १२औं ओभरको दोस्रो बलमा कप्तान पारस खड्कालाई सस्तैमा गुमाएको थियो । यस्तै १३औं ओभरको चौथो बलमा आरिफ शेख शून्य रनमा आउट भए । यसअघि ३५ बल खेलेका खड्काले १९ रन बनाएका थिए। विलियम्सको बलबाट आउट हुनअघि उनले २ चौका प्रहार गरेका थिए ।

दोस्रो ओभरको पहिलो बलमा ओपनर दिलिप नाथ आउट भए। उनले सामना गरेको पहिलो बलमै आउट भएका हुन् । नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा नेपालले टस जितेर नामिबियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो । निर्धारित ५० ओभरको खेलमा नामिबियाले ३४।२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको थियो ।

नामिबियालाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए भने सोमपाल कामीले ३ विकेट लिएका थिए । सरद भेसवाकर, पारस खड्का र बसन्त रेग्मीले समान १/१ विकेट लिएका थिए।

नामिबियाले ३ रन हुँदा पहिलो विकेट गुमाएको थियो । त्यसपछि नामिवियाको २३ रन हुँदा नेपालले दोस्रो सफलता हात पार्‍यो । त्यसपछि नामिबियाको स्कोर ७५ रन हुँदा नेपालले तेस्रो सफलता हात पार्‍यो । नामिवियाका जीन पियरे कोट्जीलाई ब्यक्तिगत नौ रनमा बसन्त रेग्मीले आउट गरे ।

त्यसको लगत्तै राम्रो लयमा देखिएका क्रेग विलियम्सलाई सन्दिपले एलबीडब्लु धरापमा पारे । उनले ४१ रन बनाए । नामिवियाको स्कोर ८० रन हुँदा नेपालले पाँचौ विकेट लिन सफल भयो । कप्तान पारस खड्काले ग्यारेथ इरामुसलाई खाता खोल्न नदिदै आउट गरे । लगत्तै सन्दिपले नामिबियाका कप्तान बुर्गेरलाई आउट गरेपछि नेपालले छैठौं सफलता हात पार्‍यो ।

नामिवियाको पारीलाई सम्हाल्न खोजिरहेका जेन फ्रेलिङकलाई शरद भेषवाकरले २२ रनमा आउट गरेपछि घरेलु टिमले ११६ रनमा सातौं विकेट गुमाउँदै दबाबमा पर्‍यो ।

त्यसपछि नामिवियाको १३२ रन हुँदा ८औं विकेट झर्‍यो । जेन ग्रिनलाई सोमपालले २२ रनमा पेभेलियन फर्काए । बर्नाडलाई सन्दिप लामिछानेले कप्तान पारस खड्काको हातबाट क्याचआउट गराउँदै नेपाललाई नवौ सफलता हात पारे । नेपाली राष्ट्रिय क्रिकेट टिममा पहिलो पटक स्थान बनाएका रोहितकुमार पौडेलले राष्ट्रिय टिममा डेब्यू गरेका छन् ।

नेपालका लागि भारतीय ब्याटिङ कन्सल्ट्यान्ट सुलक्षण कुलकर्णीले रोहितलाई डेब्यु क्याप हस्तान्तरण गरेका हुन् । खेलमा शक्ति गौचनलाई आराम दिइएको छ ।