काठमाडौं-राष्ट्रियसभा निर्वाचनसँगै प्रमुख राजनीतिक दलहरुको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ ।


ADVERTISEMENT


राष्ट्रियसभा निर्वाचन परिणामपछि मात्र प्रतनिधिसभातर्फको निर्वाचन परिणाम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण चुनाव सम्पन्न भएको दुई महिनापछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुन लागेको हो ।


ADVERTISEMENT

# # #


एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण प्रक्रियाले मुर्तरुप लिन नसक्दा नयाँ सरकार कस्तो र कसको नेतृत्वमा गठन हुन्न भन्ने अझै अनिश्चित छ ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर अघि बढेका दुई दल एकीकरणसहित सत्ता साझेदारीमा सहमत भए फागुन दोस्रो सातासम्म एमाले अध्यक्ष केपी ओली दोस्रोपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुग्नेछन् । आजको नागरिकबाट

यस्ता छन् विकल्पः

-एमाले माओवादी केन्द्र
-माअ‍ोवादीको समर्थनमा एमाले
-फोरमसहित दलको समर्थनमा एमाले
-एमाले समर्थनमा फोरम
-एमालेबाहेकका समर्थनमा माओवादी
-ठुलो दलको हैसियतमा एमालेको अल्पमतको सरकार