काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्न जिबि राईका बिषयमा गृहमन्त्रीको अभिव्यक्तिप्रति प्रश्न उठाएको छ ।


ADVERTISEMENT


आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीमा संलग्न जिबि राई मलेशियामा रहेको लोकेशन पत्ता लागिसकेको भन्ने अभिव्यक्तिपछि पनि उनलाई नेपाल नल्याइएको भन्दै जिबि राईका विषयमा गृहमन्त्रीले स्टन्डबाजी गर्न खोजेको आरोप लगाए ।


ADVERTISEMENT

# # #


शर्माले जीबी राईको लोकेसन पत्ता लागिसक्यो भनेर गृहमन्त्रीले दिएको अभिव्यक्तिप्रति पनि प्रश्न उठाए । शर्माले भने, ‘सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नु छ । त्यसैले लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने यो नयाँ शैली हो ? केटाकेटीपन हो ? या भगाउने नियत हो ? देशलाई जीबीको लोकेसन चाहिएको होइन, जीबी राई चाहिएको हो’, शर्माले भने। ।

उनले सूर्यदर्शन सहकारीका पीडित अदालतमा इजलासमा बहस सुन्न जाँदा प्रहरीले गेटमा रोकेको जनाए । उनले कास्कीमा सहकारी छानविनको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतलाई एक बर्ष नपुग्दै गृहमन्त्रीको निर्देशनमा सरुवा गरेको भन्दै आपत्ती जनाए ।