काठमाडौं-भूकम्पले क्षति पुर्याएको वसन्तपुरस्थित गद्दी बैठक भवनको प्रबलीकरण भइरहेको छ । हालसम्म प्रबलीकरणको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ ।


ADVERTISEMENT


वसन्तपुर क्षेत्रका काष्ठमण्डप, माजुदेगललगायत ऐतिहासिक सम्पदाको पुननिर्माण सुरु हुन सकेको छैन । तर, गद्दी बैठकको प्रबलीकरण भने धमाधम भइरहेको छ ।


ADVERTISEMENT

# # #


२० औं शताब्दीको सुरुमा निर्मित गद्दी बैठक अमेरिकी परियोजना ‘मियामोटो ग्लोबल डिजास्टर रिलिफ’ अन्तर्गतको ‘मियामोटो फाउन्डेसन’ले प्रबलीकरण गरिरहेको छ ।

फाउन्डेसनका परियोजना प्रमुख मुकुन्द विष्टका अनुसार, गद्दी बैठक प्रबलीकरण चाँडै सम्पन्न हुनेछ । – आजको नागरिक(काष्ठमण्डप)बाट