काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि बस्ने भएको हो । बैठकमा प्रदेशसभा गठन र सञ्चालनसम्बन्धि विधान पारित हुनेछ ।


ADVERTISEMENT


बैठकमा नेता मिनेन्द्र रिजालले विधानको मस्यौदा प्रस्तुत गर्ने र त्यसमा छलफल गरी पारित गर्ने तयारी रहेको कांग्रेस नेताले जनाकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै बैठकमा प्रधानमन्त्री शेरवहादुर देउवाको राजीनामा, नयाँ सरकार गठन, प्रतिनिधिसभाका समानुपातिकतर्फबाट चुनिने सांसदको नाम टुंगो लगाउने विषयमा पनि छलफल हुने काँग्रेसका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।