काठमाडौँ – सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट निवेदन खारेज गरेको छ ।


ADVERTISEMENT


सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले कोशी प्रदेश सरकार गठनविरुद्धको रिट निवेदनमा अन्तिम सुनुवाई गर्दै रिट खारेज गरेको हो ।


ADVERTISEMENT

# # #


जेठ २७ गते हेर्न नमिल्नेमा परेको सो रिट निवेदनमा सर्वोच्चले जेठ ३१ गते यता हेर्दा हेर्दैमा राखेर सुनुवाई गर्दै आएको थियो ।

रिट निवेदक पूर्वमुख्यमन्त्री कार्कीले नयाँ मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै आफू मुख्यमन्त्रीमा निरन्तरता पाउनु पर्ने आदेशको माग गरेका थिए ।

पूर्वमुख्यमन्त्री कार्कीले सङ्कल्प प्रस्तावका समर्थक गणेश प्रसाद उप्रेती, प्रस्तावका समर्थक किशोर चन्द्र दुलाल, मुख्यमन्त्री हिक्मत कुमार कार्की, प्रदेश प्रमुख परशुराम खापुङ, प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्ट र सङ्कल्प प्रस्तावका प्रस्तावक रेवतीरमण भण्डारी सहित आठ जनालाई विपक्षी बनाएर जेठ २५ मा रिट दायर गरेका थिए ।