काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई बलियो बनाउन सबैले योगदान दिनुपर्नेमा जोड दिएका छन् ।


ADVERTISEMENT


मंगलबार काठमाडौंमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन उद्घाटन गर्दै देउवाले आदिवासी जनजाती लगाएत सवै एकआपसमा एक भएर देशलाई बलियो बनाउन योगदान दिनुपर्नेमा जोड दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले आफ्नो हक अधिकारका लागि लड्दै जादा कांग्रेसलाई पनि बलियो बनाउन आग्रह गरे । महासंघका मागहरुलाई सम्बोधन गर्न आफु लाग्ने उनले प्रतिवद्धता जनाए । उनले महासंघभित्रको विवाद भए आपसमा मिलेर समाधान गर्न सुझाव दिए ।

त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले पार्टीलाई बलियो बनाउनका लागि पार्टी आवद्ध संस्थाहरु सक्रिय हुनुपर्ने धारणा राखे । उनले सरकार परिवर्तनको खेलमा नलागी पार्टीभित्रको एकताकायम गरि आगामी निर्वाचनमा एक सय सिट ल्याउने गरि तयारी गर्नुपर्ने बताए । सत्ता समिकरणको खेलमा लाग्दा पार्टी कमजोर हुने भएकाले ८४ सम्म पार्टी निर्माणमा जुट्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले आफुहरु सरकारमा नहुदा पनि देशलाई सही दिशातर्फ लैजान आवश्यक सुझाव दिन जरुरी रहेको बताए । उनले सरकार सिंगो अस्तीत्व भएपनि खण्ड खण्ड देखिनु दुखद भएको जिकिर गरे । उनले सत्ता समिकरणका दलहरुको ध्यान गिरिबन्धु प्रकरणमा अध्यक्षलाई जोगाउने, सहकारी ठगिबाट आफ्ना सभापतिलाई जोगाउनेमा केन्द्रित रहको धारणा राखे ।

उनले पार्टी निकट संगठनहरुको महाधिवेशनले पार्टीभित्र ताकतको महसुस हुने जिकिर गखे ।