काठमडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशभरिको समाजवादी शक्तिहरुलाई एकतावद्ध रुपमा गोलबन्द गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय जनसास्कृतिक महासंघ समाजवादीले मंगलबार काठमाडौंमा आयोजना गरेको जनसांस्कृतिक साँझमा बोल्दै अध्यक्ष नेपालले समाजवादी मोर्चालाई नयाँ ढंगले अघि बढाउदै देशभरिको समाजवादी शक्तिहरुलाई एकतावद्ध रुपमा गोलबन्द गर्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले समाजवादी कार्यक्रमलाई व्यवस्थित गर्ने पार्टी अरुकुनै नभएको दाबी गरे । राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण भएको भन्दै अध्यक्ष नेपालले त्यसप्रति गौरव गर्नुपर्ने बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रमलाई महाधिवेशनले पारित गर्ने र त्यही अनुसारको अभियान सञ्चालन गर्ने जानकारी दिए ।

उनले महाधिवेशनले नीति र दृष्टिकोणका आधारमा सहमतिका साथ नेतृत्व चयन गर्ने दाबी गरे । उनले दक्षिणपन्थी यथास्थितिवादकाविरुद्ध कम्युनिष्ट आन्दोलनमा भूकम्प सिर्जना गरि रुपान्तरणको सुरुवात गर्ने जिकिर गरे ।