काठमाडौँ – आगामी जुलाई १९ देपखि श्रीलंकामा हुने एसीसी महिला एशिया कपका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को खेलाडी छनोट समितिले इन्दु बर्माको कप्तानीमा बुधबार १५ सदस्यीय नेपाली महिला टोली घोषणा गरेको हो ।


ADVERTISEMENT


घोषित महिला टोलीका अधिकांश पुरानै नाम रहेका छन् । ८ टोलीले सहभागिता जनाउने टी-२० फर्म्याटको महिला एशिया कपमा नेपाल समूह ‘ए’मा रहेको छ । जहाँ नेपालसँगै भारत, पाकिस्तान र युएईसमेत रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै समूह ‘बी’मा आयोजक श्रीलंकासहित बंगलादेश, थाइल्याण्ड र मलेसिया रहेका छन् । गत फेब्रुअरीमा मलेसियामा भएको एसीसी महिला प्रिमियर कपमा सेमिफाइनलमा मलेसियासँग पराजित भएसँगै एशिया कपमा पुग्न असफल भए पनि एसीसीले प्रतियोगितामा थप २ टोली समालेश गर्ने निर्णय गरेसँगै नेपालले मौका पाएको हो ।

एशिया कपमा नेपालले पहिलो खेल युएईसँग १९ जुलाई (साउन ४ गते) खेल्नेछ । यस्तै दोस्रो खेल २१ जुलाई मा (साउन ६ गते) पाकिस्तानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल जुलाई २३ (साउन ८ गते) भारतविरुद्ध खेल्नेछ ।

एशिया कपका लागि नेपाली टोली
इन्दु बर्मा (कप्तान) रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, सवनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डोली भट्ट ।