काठमाडौं – प्रदेश नम्बर ३ मा नेकपा एमाले संसदीय दलको नेताका लागि आज मतदान हुँदैछ । सहमतिको प्रयास असफल भएपछि अहिले निर्वाचन प्रक्रिया जारी राखिएको छ ।


ADVERTISEMENT


निर्वाचन अधिकृत सुरेन्द्र थापाका दलको नेताका लागि दुई जना नेता प्रतिस्पर्धामा छन् । अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, डोरमणि पौडेल, रामेश्वर फुयाँल र गणेश दुलालले दलको नेताका लागि फर्म लिएको भए पनि दुई जना मात्रै चुनावी प्रतिस्पर्धामा रहेका हुन् ।


ADVERTISEMENT

# # #


दलको नेताका लागि पौडेल र शाक्यले उमेदवारी दर्ता गराएका छन् । पौडेल एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेता हुन् भने शाक्य माधवकुमार नेपाल पक्षकी नेतृ हुन् ।

पौडेललाई मुख्यमन्त्रीकै दाबी गर्दै आएका केशव स्थापितले प्रस्ताव गरेका छन् भने समर्थक कैलाश ढुंगेल रहेका छन् । त्यसैगरी शाक्यलाई पशुपति चौलागाईले प्रस्ताव गरेका छन् भने समर्थन राजेन्द्रमान श्रेष्ठको रहेको छ ।