कपिलवस्तु– चार वर्षअघि हराएका एक बालक कपिलवस्तुमा फेला परेका छन् । झापा सुरुङ्गास्थित तामाङ गाउँका १४ वर्षीय सुनिल विक चार वर्षअघि नाताले मामा पर्नेसँग भारतको पञ्जाब घुम्न गएका थिए । मामाले पन्जाबमा आफ्नै पसलमा काममा लगाएको र पछि पसल बन्द गरी जानकारी नदिई भागेको बालक सुनिलले बताए ।


ADVERTISEMENT


भारतीय प्रहरीको सहयोगमा भारत नेपाली एकता समाजमार्फत बालक विकलाई कृष्णनगर प्रहरी कार्यालयमा पठाइएको थियो । प्रहरी कार्यालयले जिल्ला बालकल्याण समितिमार्फत कपिलवस्तु बालगृहमा ल्याइएको बालगृहका संयोजक रामप्रसाद अर्यालले बताए ।


ADVERTISEMENT

# # #


बालक विक यही पुस २६ गते जिल्ला बालकल्याण समितिमार्फत बालगृहमा आएको अर्यालले बताए । सुनिलले आमा बुबा झापा सुरुङ्गामा रहेको र भेट्न आतुर रहेको बताए ।