काठमाडौं – नेकपा एमालेले ३ नम्बर प्रदेशसभाको सभामुखमा सानुकुमार श्रेष्ठलाई अघि सार्ने तयारी गरेको छ ।


ADVERTISEMENT


एमालेले शुक्रबार संसदीय दलको नेता चयन गरेको छ । डोरमणि पौडेललाई संसदीय दलको नेतामा चयन गरेको एमालेले सभामुखका लागि सानुकुमार श्रेष्ठलाई अघि सार्ने तयारी गरेको हो । तर यसबारेमा पार्टीको बैठक बसेर निर्णय गर्ने तयारी भएको छ ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्रीको दाबी गरेका केशव स्थापितलाई मन्त्री बनाउने तयारी पनि रहेको एमाले स्रोतले जानकारी दियो ।