काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार सिंहदरबारमा बसेको मनसुनजन्य ज‍ोखिमको न्यूनिकरण तथा जोखिम प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिस्थिति जस्तो आएपनि विपद् व्यवस्थापनमा कसैको विमति नहुने भन्दै यसमा उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


नेपाल प्राकृतिक बिपत्तिको उच्च ज‍ोखिमयुक्त देश भएकाले तीनवटै सुरक्षा अंगहरूको समन्वयात्मक पहलमा विपद् व्यवस्थापनको पूर्वतयारीको व्यवस्थित काम गर्न उनले निर्देशन दिए ।

विपद् व्यवस्थापनमा पैसा भएपनि कार्यविधिको झण्झटले पैसा परिचालन गर्न नसकेको कुरा बोध गर्दै यसलाई सहज परिचालन गर्न सकिने गरी परिमार्जन गर्नुपर्ने उनले बताए । उनले राज्यका सबै निकायहरूको सम्पूर्ण ध्यान पूर्वतयारी र जोखिम न्यूनिकरणमा केन्द्रित हुन निर्देशन दिए ।

छलफलमा नेपाली सेना र गृह मन्त्रालयका तर्फबाट विपद् व्यवस्थापनको पूर्वतयारी र जोखिम पूर्वकार्य सम्बन्धी आफ्नो तर्फबाट गरिएको तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो ।