काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मुलुकलाई अस्थिरतातर्फ लैजाने कोशीस भएको बताएक छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बर्तौलाले वर्तमान सरकार अल्पमतमा परेपनि आफ्नो आयु लम्याउने काम भइरहेको र बालुवाटारबाट नयाँ सरकार बन्न रोकेर मुलुकलाई अस्थीरतातर्फ लैजाने कोशीस भइरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


आफुहरु वर्तमान सरकारलाइ बलियो ढंगबाट अघि बढाउन चाहेपनि प्रधानमन्त्री प्रचण्डले अर्को दाउपेचमा सहभागी भएकाले एमाले थप सशंकित भएको उनले बताए । उनले सरकारभित्र रहँदारहदैँ एमालेलाई कमजोर बनाउने कामका कारण एमाले सरकारबाट बाहिरिएको र कांग्रेससंग सहकार्य भएको जिकिर गरे ।

उनले कांग्रेससंग भएको सहमति कार्यान्वयनमा एमाले दृढताका साथ अघि बढ्ने जनाए । अहिले संवैधानिक व्यवस्थालाई बङ्गाउने खेल भएको भन्दै सांसद बर्तौलाले संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार बनाउन कुनै पनि संवैधानिक अड्चन नरहेको दावी गरे ।

त्यस्तै उनले लामो समय नदिई तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खुल्ला गर्न प्रधानमन्त्रीलाई अनुरोध समेत गरे ।