काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीलाई समेत साथमा लिएर आवश्यकता अनुसार संविधान संशोधन गरिने बताएका छन् ।


ADVERTISEMENT


सोमबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीेसंग कुरा गर्दै भट्टराइले कांग्रेस–एमालेको संख्याले मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी लगायतका दललाइ साथमा लिएर अघि बढ्ने बताए । उनले आफूहरु संविधान संशोधन दुई तिहाई नभई सर्वसम्मत ढंगले गर्ने बाटोमा लाग्ने जिकिर गरे ।


ADVERTISEMENT

# # #


उनले संविधान संशोधन गर्न सहज नहुने देखिएकाले कांग्रेस–एमाले एकैठाउमा आएको र अब सबै दललाई साथमा लिएर राष्ट्रिय सरकार बनाउने जिकिर गरे । उनले सरकार गुमेका कारण माओवादी अध्यक्ष प्रचण्ड आक्रोशीत रहेकाले कांग्रेस र एमाले सम्झाउने काममात्रै गरेको धारणा राखे ।

भट्टराईले प्रचण्डलाई माओवादीको संख्याका आधारमा नभइ व्यक्तित्वका आधारमा प्रधानमन्त्री स्वीकारेको भन्दै राष्ट्रिय हितका विषयमा प्रचण्डले साथ दिने दाबी गरे । कांग्रेस–एमालेको बाटोमा सवै दलहरु हिड्न सके शान्तिप्रक्रियालाई निष्कर्षमा पुराउने, संविधानलाई गतिशिल बनाउने र मुलुकलाई सहि दिशा दिने उनको भनाइ छ ।