काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । सोमबार नेप्से ४.६२ अंकले घटेर २ हजार १३६.३५ बिन्दुमा रोकिएको हो । त्यसैगरी सेन्सेटिभ इण्डेक्स ०.७६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंक घटेको छ।
सोमबार २४ स्टकको ५९ हजार ९७४ पटकको कारोबारमा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जस अनुसार वित्त समूह ०.२६, लघुवित्त ०.९२ र म्युचुअल फण्ड ०.४६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।
आज बैङ्किङ ०.१८, विकास बैङ्क ०.३६, होटल तथा पर्यटन ०.९५ र जलविद्युत् समूह ०.३९ प्रतिशतले घटेको छ । लगानी ०.२९, जीवन बीमा ०.६२, उत्पादन तथा प्रशोधन ०.१५, निर्जीवन बीमा ०.३३, व्यापार ०.८२ र अन्य समूह ०.५४ प्रतिशतले घटेको छ ।
समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९.६८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य ८.३९ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २८ करोड ७० लाख ८० हजार ९ सय ३५ बराबरको ३ लाख ९० हजार २०५ कित्ता शेयर किनबेच भएको छ ।



























































