विराटनगर– मोरङ र धनकुटाबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएराती मोरङको इलाका प्रहरी कार्यालय लेटाङको प्रहरी टोलीले सोही नगरपालिका– ६ का ३२ वर्षीय अभिषेक मगर र २४ वर्षीय बाराक लिम्बुलाई ५ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.१९ प ९८७७ नम्बरको मोटरसाईकल चालक साँगुरीगढी–९ का २६ वर्षीय लक्ष्मण राईलाई १२ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



























































