काठमाडौँ– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सरकारका मन्त्रीहरू सदनमा नआएकोप्रति असन्तुष्टि जनाएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक रमेश लेखकले बोल्दै सो धारणा व्यक्त गरेका हुन् । बाढी पहिरो, डुबानले ठूलो जनधनको क्षति हुँदा पनि सरकारले सदनलाई जानकारी नदिएको उनको आरोप छ ।
उनले भने, ‘संविधान अनुसार सरकारले विश्वासको मत लिन खोजिरहेको छ। सरकारले पूरै ३० दिन लेओस्, तर सरकार हुँदासम्म त सदनप्रति उत्तरदायी हुनुपर्यो। सरकारले अविरल वर्षाको कारणले सदनलाई जानकारी गराइदेओस्। यसमा द्रुत रूपले काम गरोस् भन्ने चाहन्छु।’



























































