काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।
आज बसेको पार्टी संसदीय दलको बैठकले सबै सांसदहरूलाई संसदमा उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरेको हो ।
बैठकले सबै सांसदहरूलाई प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरेको रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदैछन् । प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि आह्वान गरिएको छ ।
नेकपा एमालेले कांग्रेससँग मिलेर नयाँ समीकरण बनाएसँगै प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।



























































