काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले बाढीपहिरोका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दैवी विपत्तिबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै ६० जना यात्री बेपत्ता भएको खबरले आफू मर्माहत भएको बताएका छन् ।


ADVERTISEMENT

# # #


बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासनलगायत सरकारका सबै निकायलाई प्रधानमन्त्रीले निर्देशन दिएको छ ।

मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणसम्बन्धी पूर्वतयारीलाई व्यवस्थित तुल्याउन, उद्धार र रातहका निम्ति सहकार्य र समन्वय गर्न सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई प्रधानमन्त्रीले निर्देशन दिए ।