काठमाडौं-लिग लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले टुलुजलाई हराउँदै लिगमा १२ अंकको अग्रता कायमै राखेको छ । फ्रेन्च लिग वान फुटबलको अन्तर्गत शनिबार राति भएको खेलमा टूलुजलाई १–० ले हराउँने क्रममा नेइमारको गोल निर्णायक रह्यो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ६८ औँ मिनेटमा नेइमारले गरेको गोल नै पिएसजीको जितमा निर्णायक बन्यो ।


ADVERTISEMENT


नेइमारले पिएसजीबाट लिग वानमा अहिलेसम्म १९ गोल गरेका छन् भने सबै प्रतियोगितामा पिएसजीबाट २७ गोल गरेका छन् । उनी लिग वानमा एडिसन काभानी भन्दा एक गोलले पछि परेका छन् । जितपछि शीर्षस्थानको पिएसजीको २५ खेलबाट ६५ अंक भएको छ ।


ADVERTISEMENT

# # #


लिग अन्तर्गत राति नै भएको खेलमा एन्जर्सलाई ४–० ले हराएको मोनाको दोस्रो स्थानमा उक्लिएको छ । उसको ५३ अंक भएको छ । ५२ अंक रहेको मार्सेइली तेस्रो स्थानमा झरेको छ । पिएसजीले आउँदो बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ ।