काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार काठमाडौंमा धार्मिक पदयात्रा गरेका छन् ।
साउनको पहिलो सोमबारका अवसरमा नेपाल सनातन धर्म संस्कृति संगठनद्वारा आयोजित सनातन हिन्दुराष्ट्रका लागि धार्मिक पदयात्रामा लिङ्देन सहभागी भएका हुन् ।
काठमाडौंको मैतिदेवी मन्दिरबाट सुरु भएको पदयात्रा पशुपतिनाथ मन्दिर पुगेर समापन भएको थियो । नेपाली जनतामा हिन्दुत्वको भावनाको अभिवृद्धि गर्नका लागि पदयात्रा आयोजना गरिएको अध्यक्ष लिङ्देनले बताए ।
उनले चाडै नेपालमा सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम हुने विश्वास व्यक्त गरे ।



























































