काठमाडौं – काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने विषयमा अध्ययन गर्ने भएको छ । साथै अध्ययन कार्यदलको प्रतिवेदन नआउन्जेल थप फुटपाथ विस्तार नगर्ने सहमति समेत भएको छ ।


ADVERTISEMENT


सोमबार न्यूरोड क्षेत्रमा थप फुटपाथ विस्तार गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको हो । महानगरका प्रमुख, उपप्रमुख २२, २३ र २४ नम्बर वडाका अध्यक्ष लगाएतको सहभागितामा भएको छलफलका क्रममा मंसिर १ गतेसम्म कार्यदलले अध्ययन गर्ने र २ गते प्रतिवेदन पेश गर्ने सहमति भएको काठमाडौं महानगर वडा नंवर २३ का वडाअध्यक्ष मचाराजा महर्जनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


९ सदस्यीय कार्यदलबाट विभिन्न विषयमा अध्ययन गरेर त्यसबाट आउने रिपोर्ट महानगर प्रमुखलाई बुझाउने र त्यसका आधारमा फुटपाथ विस्तारका बारेमा थप निर्णय हुने उनले बताए । उनले अहिले वडा नंवर २४ मा भइरहेको विस्तारको काम भने सम्पन्न गर्ने सहमति भएको जानकारी दिए ।

त्यसअघि फुटपाथ विस्तार गर्ने क्रममा महानगर र स्थानीयबीच विवाद भएको थियो । विवाद भएपछि महानगरले जनप्रतिनिधि सहित स्थानीयलाई सोमबार छलफलमा बोलाएको थियो ।