काठमाडौँ – परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थियोङले शिष्टाचार भेट गरेका छन् ।


ADVERTISEMENT


मन्त्रालयलमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल–गणतन्त्र कोरिया सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा राजदूत पार्कले नवनियुक्त परराष्ट्रमन्त्री डा राणालाई बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।


ADVERTISEMENT

# # #


यस्तै आजै परराष्ट्रमन्त्री राणासँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले समेत शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयलमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल–जापान सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा राजदूत किकुताले नवनियुक्त परराष्ट्रमन्त्री डा राणालाई बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।