काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले सदनमा प्रतिपक्षी सानो छ भनेर हेप्न खोजिएको बताएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको विशेष समयमा बोल्दै किराँतीले संख्याका हिसावले प्रतिपक्षीलाई हेप्न खोजिएको भन्दै लोकतन्त्रमा आकारले नभई मुद्दाले स्थान लिने बताए ।


ADVERTISEMENT

# # #


उहाले बिभिन्न प्रकरणमा मुछिएकाहरुलाई मन्त्री बनाएर पुरस्कृत गरिएको र सुशासनको मुद्दामा प्रधानमन्त्रीले दिनेको भाषण जगतलाई मुर्ख बनाउने काममात्रै भएको तर्क गरे ।

किराँतीले मौद्रीक नीति रोक्ने काम भएको, विद्युत लाइन जोड्ने विषयमा अनुचित निर्देशन दिने काम वर्तमान सरकारबाट भएको आरोप लगाए ।

उनले अघिल्लो सरकारले अघि बढाएको छानविन प्रक्रियाले निरन्रता पाउछ वा पाउदैन भन्दै प्रश्न समेत गरे ।