काठमाडौँ – सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ ।
बुधबार बिहान त्रिभुवन बिमानस्थलमा नै सो बिमान दुर्घटना हुदा १८ जनाको मृत्यु भएको थियो । मृतकको शवलाई पहिचानका लागि शिक्षण अस्पतालमा राखिएको छ । शुक्रबारसम्म पोष्टमार्टम गरी परिवारजनलाई शव बुझाउने तयारी गरिएको छ ।
मृतकको शवहरु पहिचान हुन नसक्ने अवस्थामा रहेको र एउटा शव पहिचान गर्न चार घण्टा लाग्ने शिक्षण अस्पतालका फरेन्सीक विभाग प्रमुख डा गोपाल कुमार चौधरीले जानकारी दिए । उनले अन्य अस्पतालबाट पनि चिकित्सक मगाएर पोष्टमार्टमलाई समयमा नै सम्पन्न गर्ने बताए ।
शिक्षण अस्पतालमा मृतकका परिवारहरु पुगेका छन् । उनीहरु अस्पताल परिसरमा भावविहोल अवस्थामा रहेका छन् ।



























































