काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिनका लागि मापदण्ड लगायतका विषयमा देखिएको समस्याका बारेमा छलफल गरेको छ ।
पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको नेकपा एसको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिनका लागि आधार र मापदण्डका साथै चाडै सदस्य चयनका लागि देखिएका समस्याका बारेमा छलफल भएको हो । केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी सन्तुलन मिलाएर मनोनयन गर्ने एकीकृत समाजवादीको तयारी छ । पार्टीमा दुई सय ६ केन्द्रीय सदस्य पद रिक्त छन् ।
बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले सौर्य एयरलाइन्सको दुर्घटनामा मृतकप्रति श्रद्धाञ्जली दिँदै तत्काल छानविन गर्दै राहत र क्षतिपूर्ति दिनुपर्ने बताएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले नयाँ सरकार गठन भएको केहिदिनमात्रै भएकाले त्यसका गुण र दोषका आधारमा आवश्यक समिक्षा गर्ने बताए ।



























































