काठमाडौँ – सरकारले राष्ट्रिय योजना आयोगका पदाधिकारी नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आयोगका उपाध्यक्ष र सदस्यहरु मनोनयन गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।


ADVERTISEMENT


जस अनुसार आयोगको उपाध्यक्षमा पाल्पाका डा शिवराज अधिकारीलाई नियुक्त गरिएको उनले बताए । अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थतन्त्र प्राध्यापक हुन् ।


ADVERTISEMENT

# # #


यस्तै बैठकले आयोगका सदस्यहरुमा डा आरपी बिछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।