काठमाडौँ – नवनियनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलाले आफ्नो नियुक्तिले निकै जिम्मेवारीबोध भएको बताएकी छन् ।


ADVERTISEMENT


नेपाल सरकारको पहिलो महिला मुख्यसचिवमा बनेपछि काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रतिक्रिया दिँदै गड्तौलाले मुख्यसचिव आफूले कल्पना गरेको पद नभएको बताइन् । ‘मलाई अहिले एकदमै जिम्मेवारीबोध भएको महसुस गरेको थिइनँ । वास्तवमा मैँले कल्पना गरेको पद पनि होइन’ उनले भनिन्, ‘सायद कर्म र भाग्यले साथ दिएर होला, छोटो समयमा पनि पहिलो महिला मुख्यसचिवको रुपमा नाम राख्न अवसर प्राप्त भयो ।’


ADVERTISEMENT

# # #


उनाले महिलालाई मुख्यसचिव बनाएकोमा धन्यवाद दिइन् भने मन्त्रिपरिषद्मा महिलाका एजेण्डाहरु राम्रोसंग अघि बढिरहेको उल्लेख गरिन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव बनाएको हो । गत असार ९ गते तत्कालीन मुख्य सचिव डा. बैकुण्ठडा अर्याल भ्रष्टाचारको मुद्दामा निलम्बित भएपछि गड्तौला निमित्त मुख्य सचिवको रुपमा जिम्मेवारीमा थिइन् । वरिष्ठ सचिवको रुपमा उनले जिम्मेवारी पाएकी थिइन् । त्यसअघि उनलाई असार ३१ गते कायमुकायम मुख्यसचिवको जिम्मेवारी दिइएको थियो ।