काठमाडौं-७१ यात्रु बोकेको एक रसियन विमान दुर्घटनामा परेको छ । मस्कोको दमदजियदवा विमानस्थलबाट उडान भरेको ५ मिनेटमै यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।विमानमा ६ जना चालक दलका सदस्य र ६५ जना यात्रु थिए ।


ADVERTISEMENT


आन्तरिक उडानको क्रममा रहेको एन्टोनोभ १४८ सारातोफ एयरलाइन्सको उक्त विमान उडान भरेको केही मिनेटमै हराएको थियो । रूसी अधिकारीहरुका अनुसार विमान मस्कोबाट ८० किलोमिटर दक्षिण पूर्वमा रहेको अरगुनोवो नजिकै दुर्घटनाग्रस्त भएको हो । रुसी सञ्चार माध्यमहरुका अनुसार विमान सवार सबैको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


विमान कजाकिस्तनको सीमा नजिकै रहेको उराल्सको ओरस्क गइरहेको थियो । स्थानीय समय अनुसार दिउँसो विमान दुर्घटनामा परेको हो । उडान भरेको पाँच मिनेटपछि विमान एक हजार मिटर प्रतिमिनेटको गतिले जमिनतर्फ आइरहेको हवाई सेवाका बारेमा ट्रयाक गर्ने वेबसाइट फ्लाइटराइडर २४ले जनाएको छ ।

In this video grab provided by the Life.ru , in Stepanovskoye village, shows a fragment of the AN-148 plane crash in a field about 40 kilometers (25 miles) from the Domodedovo airport, 57 kilometers (36 miles) south-east of Moscow, Russia, Sunday, Feb. 11, 2018. Russia’s Emergencies Ministry says a passenger plane has crashed near Moscow and fragments of it have been found. (AP video via AP)

हिउँले ढाकिएको मैदानमा विमान दुर्घटनाग्रस्त भएको हो । विमानका अवशेषहरु हिउँले ढाकिएको अवस्थामा फेला परेको हो । रुसी समाचार संस्था तासका अनुसार विमानका अवशेष नजिकै यात्रुहरुको शब छरिएको अवस्थामा भेटिएको छ ।

यसैबीच रूसी राष्ट्रपतिले पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै दुर्घटनाको छानविन गर्न आदेश दिएका छन् । विमानको सञ्चालक सारातोफ एयरलायन्सलाई सुरक्षासम्बन्धी प्रावधान उल्लंघन गरेको भन्दै झण्डै तीन वर्षअगाडि यो विमानलाई प्रतिबन्ध लगाइएको थियो ।

त्यति बेला उक्त एयरलायन्सका एक जना नजिकका नातेदारलाई विमानको ककपिटमा पाइएपछि त्यस्तो कारबाही गरिएको थियो । पछि उक्त प्रतिबन्धविरुद्ध अपिल गर्दै उसले केही नीतिमा सुधार गरेपछि सन् २०१६ बाट अन्तर्राष्ट्रिय चार्टर उडान गर्ने अनुमति पाएको थियो ।