काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सरोकारवाला निकायसंगको छलफललाई जारी राखेको छ ।


ADVERTISEMENT


सहकारी संस्था बचत रकम दुरुपयोगको छानविनका लागि निष्कर्षमा पुग्न समितिले छलफललाई निरन्तरता दिएको हो । यसै क्रममा समितिले बुधबार ओरेन्टल सहकारीका सुधीर शर्मासंग छलफल गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिए । १२ वर्षदेखि समस्याग्रस्त रहेको उक्त सहकारीले २ अर्व ९४ करोड बचत फिर्ता गर्न बाँकी रहेको उहाको भनाइ छ ।


ADVERTISEMENT

# # #


त्यस्तै छलफलका क्रममा शर्माले आफुमाथि हजारबढी मुद्दा परेको र सवैको फेस गरेको बताएका थिए । आफुले बचतकर्ताको रकम फिर्ता गर्ने क्रममा रहेको बताउदै शर्माले सहकारी सञ्चालनमा देखिएका समस्याका बारेमा जानकारी गराएको समिति संयोजक थापाले उल्लेख गरे ।

त्यस्तै समितिले बुधबार नै सहकारी सुरु गर्ने विश्वबन्धु थापासंग पनि छलफल गरेको थियो । सो क्रममा सहकारी क्षेत्रमा देखिएको बेतिथीका बारेमा छलफल भएको समिति संयोजक थापाले बताए ।