काठमाडौँ – परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग आज नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइक्काले शिष्टाचार भेट गरेकी छन् ।
सो भेटका क्रममा नेपाल फिनल्याण्ड सम्बन्धका विविध पक्षका साथै नेपालमा जारी रहेका फिनल्याण्ड सरकारको सहयोगका विकास आयोजनाका बारेमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी आजै मन्त्री डा राणासँग नेपालका लागि इजिप्टका राजदूत नेहा हमदी अहमदले पनि मन्त्रालयमा शिष्टाचार भेट गरेकी थिइन् । त्यस अवसरमा नेपाल इजिप्ट सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो ।
Her Excellency Ms. Noha Hamdy Ahmed ElGebaly, Ambassador of the Arab Republic of Egypt to Nepal, paid a courtesy call on Hon. Foreign Minister Dr. Arzu Rana Deuba today. Matters of bilateral relations and mutual concerns were discussed during the meeting.@Arzuranadeuba pic.twitter.com/tOb9kiDgCj
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) July 31, 2024



























































