काठमाडौँ – नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी सुरुआत गरेको छ ।


ADVERTISEMENT


बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको उद्घाटन खेलमा


ADVERTISEMENT

# # #


नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट नेपालले २५–१९ ले जितेको थियोे । त्यस्तै नेपालले दोश्रो सेट २५– १८ र तेश्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

नेपालका तर्फबाट सुमित्रा रेग्मी र आरती सुवेदीले डेब्यू गरेका थिए ।

प्रतियोगितामा नेपाल, इरान, भारत, श्रीलंका र माल्दिभ्स सहभागी छन् । राउन्ड रोविन‌ लिगपछि अंक तालिकाको‌ पहिलो र चौथो तथा दोस्रो र तेस्रो बीच साउन २२ गते सेमिफाइनल हुनेछ । फाइनल र तेस्रो स्थानको खेल साउन २३ गते हुनेछ ।