काठमाडौँ – नेपाल काठमाडौँमा जारी काभा महिला भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आइतबार काठमाडौँमा भएको सेमिफाइनलमा इरानलाई सोझो ३–० सेटमा हराउँदै नेपाली महिला टोलीले फाइनलको यात्रा तय गरेको हो । नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले हराएको हो ।
यसअघि आजै भएको पहिलो सेमिफाइनल खेलमा श्रीलङ्कालाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत फाइनलमा पुगेको छ । भारतले खेलको पहिलो सेट २५–१५ ले जित्यो भने खेलको दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्यो ।
अब फाइनल खेल बुधबार नै हुनेछ । यसअघि समूह चरणमा नेपालले भारतलाई इतिहासमै पहिलो पटक हराएको थियो ।



























































