काठमाडौं – काठमाडौंको अनामनगरमा रहेको किम्चि फास्टफुडमा मिनरल वाटरको बोतलभित्र किरा भेटिएको छ ।


ADVERTISEMENT


काठमाडौं महानगरको कानून तथा मानव अधिकार विभागले किम्चि फास्टफुडमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमका सहभागीले पानी खान खोज्दा मिनरल वाटरको बोटलभित्र किरा भेटिएको हो । उक्त मिनरल वाटरको बोतलमा किम्चि फास्टफुड लेबल टासिएको छ ।


ADVERTISEMENT

# # #


महानगरकै कार्यक्रममा राखिएको मिनरल वाटरको बोतलमा किरा भेटिएपछि महानगरको खाद्य प्राविधिकसहित नगर प्रहरीलाई बोलाइएको थियो । महानगरको टोलीले उक्त बोतल सिल गरि महानगर लगेको छ । महानगरका खाद्य प्राविधिक अशोक पराजुलीले मिनरल वाटरको बोतलभित्र लार्भा जस्तो देखिने किरा भेटिएको पुष्टि भएको बताए ।

उनले उक्त बोतल महानगरमा लगेर परिक्षण गर्ने र किम्चि फास्टफुड सञ्चालकलाई स्पष्टीकरण सोधि आवश्यक कारवाही हुने बताए ।