– धिरु बस्न्यात 


ADVERTISEMENT


‘क्लिकदेखि प्रगतिसम्म : दिगो विकासका लागि युवा डिजिटल मार्गहरू’ भन्ने नाराका साथ आज यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । युवा हरेक देशका सफलताका प्रमुख साधन र माध्यम हुन् । युवाहरुको सही परिचालनबाटै नै देशको समृद्धि हासिल गर्न सकिन्छ ।


ADVERTISEMENT

# # #


वास्तवमा हाम्रो देश नेपाल युवा राष्ट्र हो । किनकी यो राष्ट्रमा कुल जनसख्याको ४० प्रतिशत स्थान युवाहरुले ओगटेको छ । युवा नेपालको लागि आशा र भरोसाको केन्द्र हो। देशको मान सम्मान अनि प्रतिष्ठा र राष्ट्रको बिडापार गर्ने संकटमोचन हनुमान हुन।  हाम्रो देशमा १६ देखी २५ वर्षसम्मका मात्र २०५ छन् । युवा भनेकै उदाउदा सूर्य हो, यसमा ज्यादै राप, उर्जा अनि जोस जागर भरिएको हुन्छ। यो शक्तिलाई  अधिकतम रुपमा सृजनात्मक कार्यहरुमा उपयोग गर्नु हरेक राष्ट्रको लागि अनिवनर्य शर्त रहन्छ। युवा नै हुन् विषम परिस्थितिसित जुध्ने सक्ने हुन्छन् । नभए आर्मी प्रहरीमा किन युवाहरु नै चाहिन्थे र उमेरको सीमा तोकिन्थ्यो र ?

खुसीको कुरा नीतिगत तहमा युवाको सहभागिता चाहिन्छ भनेकै कारण गएको सन् २०२३ मा भएको आम निर्वाचन मार्फत ४५ वर्ष मुनिका ६३ जना प्रतिनिधि सभामा प्रवेश गरेका छन् । तर पनि यो प्रतिनिधित्व विश्वको अन्तराष्ट्रिय मापदण्ड १३५ को अनुपातमा जम्मा ५५मात्रै हो । जुन कम छ ।

विकराल समस्या

राष्ट्रमा सरकार आउँछ, जान्छ तर राष्ट्र अविच्छिन्नरुपमा रहिरहन्छ । राष्ट्रलाई कुनरुपमा विश्व माझमा चिनाउने सरकारकै हात हुन्छ। राजनैतिक कारणबाट आउने ऊथलपुथलको केन्द्रविन्दु सर्बसाधरणको हितको लागि हुनु पर्छ । जनता बलियो भए राष्ट्र बलियो हुन्छ भने राष्ट्र बलयो भयो भने जनता बलियो हुन्छ । त्यसभित्र राष्ट्रका युवा भनेको राज्यको मुटु हो । तर बिडम्बना गएको १५ वर्षमा १५ वटा सरकारहरु नेपालमा फेरिए जबकी छिमेकी राष्ट्रहरुका सरकार प्रमुख सन् २०१४ देखि एउटै छन्। यस राजनैतिक उथलपुथलबाट निश्चयनै युवाहरु पीडित भएका छन्। ईमान्दारसाथ भन्नै पर्छ दश वर्ष माओवादीले शुरु गरेको आन्तरिक दन्दबाट राष्ट्र त थीलो थिलो भयो । दन्दमा युवाहरुले बन्दुक बोक्न बाध्य पारिए । अझै युवाहरुको हरिबिजोग भयो । शीक्षा लथालिंङङ्ग, व्यापार र कलकारखनाहरु बन्द भए। युवाहरु  बेरोजगार मारमा बढे। त्यो कथित दन्दको धंङदन्तीको प्रभावको मारमा युवाहरु उठ्ने नै नगरी थिलोथिलो भएका छन् । अहिले नेपालमा युवाहरुको लर्को गाऊबाट शहर तर्फ लाग्ने बढोत्तरी हुदैछ । बुढा पाकामात्र रहेको गांउहरु युवाले रित्तीदै छन् ।  तर गाऊहरुबाट शहर प्रवेश गर्ने युवाहरुको कुल सख्याको ५४५ सिपयुक्त छैनन् ।

आज विदेशिएका युवाहरुले पठाएका रेमिन्टेन्सले नै नेपालको कूल जिडिपीको २५५ हिस्स्सा ओगटेका छन् त्यसैबाट राष्ट्रको आर्थिक व्यवस्थापन भैरहेको छ । शीक्षा र रोजगारीको लागि मात्रै सन् २०२३मा एक लाख युवाहरु विदेशिएका थिए तर यो क्रम बढ्दो छै । सीप नभएका त्यसमा पनी रोजगारीकै लागि युवाहरु देशबाट यसरी विदेशिनु कुनै शुभ संकेत भने होईन ।

उल्लेखित परिस्थितिबाट जे जसरी भएपनि हामीले राष्ट्रलाई सम्मुन्नत राष्ट्र परिणत गर्नै पर्दछ,  अरुको देखासिखीमा हैन । जसरी विश्व युद्दताका जापान ध्वस्त भएता पनि त्यहाका नागरिकहरुको निरन्तर अथक प्रयासको प्रतिफलस्वरुप छोटै समयमा समुन्नत राष्ट्रको पगरी भिर्न सफल भए। गर्न नसक्ने केही नै छैन खाली आट र वुद्धि चाहिन्छ। त्यसमा पनि युवाजनशक्ति लागेमा नहुने कुरै छैन। राष्ट्रको युवाशक्ति देशका खम्बा हुन् तर त्यही जनशक्ति विदेशिनु, सीपयुक्त नहुनु राष्ट्रको लागि ठूलो क्षति हुन जान्छ। हाम्रै बलबुताले गरिब हुने कि समृद्ध हुने त्यो युवाहरुको शक्तिमै भरपर्छ । गरिब राष्ट्र भएता पनि  मेहनती शक्षित, सीपयुक्त युवा शक्ति आजको आवश्यकता हो ।

विश्वयुद्धमा जापान उठ्नै नसक्ने थला परेको थियो । न्यक्लियर बमले नराम्ररी आक्रन्त परेको थियो । तर पनि विषम परिस्थितिको शिकार त्यो देशमा युवाहरुले निरन्तरुपमा अथक कडा मेहनत गरे । अहिले समृद्ध राष्ट्रको रुपमा पहिचान बनाएको छ । उनीहरुमा देशप्रेम थियो, भक्ति थियो, सेवाभाव थियो, गौरव थियो । उनीहरुले राष्ट्रलाई सदैव सर्वोपरि राखे। यो उनीहरुको देशप्रति भावनात्मक सम्बन्ध थियो ।

जापानलाई अहिले पनि बुढापाकाका देश भनिन्छ तर युवाहरु नभएपनि पहिलेनै अग्रज पुस्ताले युवा अवस्था छदै आर्थिक अवस्था सुदृढीकरण गरिसकेको हुदा केही फरक पर्दैन । एक त गरिब, भ्रष्ट्राचारले लिप्त राष्ट्र हाम्रो देश । त्यसमा पनि सीपयुक्त नभएका युवा शक्ति, बसाई सराईको मार खेप्दै गाउँबाट शहर हुँदै विदेशिएको परिस्थितिमा बेरोजगारी हटाउने सपना बाँड्दैमा हुनेवाला केही छैन । वास्तवमा हामी ईमान्दार यसमा हुन नसकेकै हौँ हामीले भन्न सक्नुपर्छ युवालाई । तर भन्नको लागि जे भनिन्छ, त्यस अगाडि भन्नेले हैसियत चाहीँ बनाउनु नै पर्छ । चेतनशील शिक्षित युवा नै राष्ट्रको मेरुदण्ड हो।

भनिन्छ, मानिसको जिन्दगीमा दुई वटा जन्म हुन्छ । एउटा आमाको कोखको  र अर्को कर्मको । कोखको जन्म कसैको हातमा होइन, भगवानको हातमा हुन्छ । म नेपालमा होईन, युरोपमा जन्मन सक्थे । दोस्रो जन्म मेरो कर्मले तय गर्छ। यो कर्म भने मेरो हातमा छ कस्तो भाग्य लेख्ने भनेर ।

सत्कर्ममा लगाउनु सक्नुपर्छ । सनातन परम्परा सस्कार आध्यात्मिक विषयहरुले बच्चैदेखि उनीहरुलाई सिचित गरिनु पर्छ । बुढेसकालमा मात्र पढ्ने श्रीमद् भागवतगीता हो भन्ने सोचबाट बाहिर ल्याई युवाहरुको हातमा धार्मिक ग्रन्थहरु थमाईनुपर्छ । तब मात्र तप, झप, त्याग तपस्या अनि बलिदानको संस्कार उनीमा विकास हुन सक्छ । उनीहरुलाई भन्न सक्नुपर्छ अरुको  सेवा गर्नु नै हाम्रो परम् सेवा हो ।

जति बढी शिक्षित होईन्छ, त्यति नै चेतनाको विकास हुन्छ । त्यसैले नै राम्रो आचारणसहित शिक्षा आर्जन गर्नुपर्छ । मानिसको गहना भनेकै चेतनशीलता  र विवेक हो, जुन अरु कुनै प्राणीमा हुँदैन । त्यसैले रामकृष्ण परमहंसको क्षत्रछायामा भारतमा विवेकनान्द जस्ता महापुरुषको जन्म भयो। नेपालमा पनि रामकृष्ण जस्ता महात्मा खोजी गरिनुपर्छ । ताकि सयौँ विवेकान्दहरु जन्मियोस् । रामायण  र श्रीमद्भागतवत् गीतामा श्रीराम र श्रीकृष्ण जस्ता भगवानहरु नरलीलाकै उदय भई संसारजगतमा सबैको उद्दार, उपकार गरे । उनीहरुको पुरै जीवननै कठिन, त्याग, तपस्या र रावण र कंशजस्ता आततायीहरुको नरसहारमै बित्यो । उनलाई भन्नैपर्छ, जुन युवा चेतनाविहीन हुन्छ, उसले आफ्नो मन र अनि ज्ञानेन्द्रियलाई आफ्नो बसमा राख्नै सक्तैन । यस्ता व्यक्तिहरु नराम्रो कर्मको शिकार हुने गर्छन् । राम्रो कर्मको लागि सघर्षशील युवा हामीलाई चाहिएको छ ।

बुद्ध जन्मेको देश, जानबी माताको देश अनि मन्दिर, संस्कृति र सभ्यताले भरिएको हाम्रो राष्ट्रको गौरव र  राष्ट्रिय एकीरकण गर्ने बडामहाराज पृथ्वीनारायणले निर्माण गरेको र वीरको गाथा वीरंगनाहरुले भरिएका छन् । सुन्दर स्वच्छ वातारण र प्रकृतिले सजिएको देश मानौँ इश्वरकै देवलोक नै हो । सयुक्त राष्ट्रको सदस्य, आफ्नै भूगोल अनि इतिहास र परम्पराले भरिएको देश सजिलैसित बनेको होईन ।

देशभक्त राष्ट्र निर्माता पृथ्वीनारायण शाहा यदि यो देशमा नजन्मिँदो हुन् त हामीले नेपाल देश नै पाउँदैनथ्यौँ ।  बाइसे चौबिसे स–साना राज्यहरुलाइ एकीकरण गर्दै उनले गोर्खा राज्यबाट नेपाल राष्ट्र निर्माण गरे । उनले  भनेको सदैब मैँले सम्झने गर्छु “नेपाल भनेको मेरो साना दुंःख्खले आर्ज्याको मुलुक होईन, यो चार वर्ण छत्तिस जात सबैको फुलबारी होव सबैलाई चेतना भया”। एकीकरण गर्दा उनी युवा नै थिए । लखन थापा, वीरभद्र कुबर, अमर सिह थापा, महाकवि लक्ष्मी प्रसाद देबकोटा, गजे घले जन्मिएको देश हो यो । श्रीमुनी, भगवान गौतम बुद्ध माता जानकी जन्मिएको देश हो । हामीले हाम्रो देशमाथि गर्व गर्नु पर्दछ ।

हाम्रा अग्रज र नेपालका सच्चा सपुतहरु बलभद्र, भक्ति थापाजस्ताले आफ्नो युवा अवस्थामा  धेरैधेरै बलिदान, रगत र पसिना बगाएका छन् । उनीहरुले आज यो देश नबनाई दिएको भए हामी यो देशको नागरिक हुन पाउँदैन थियौँ । यो देश पुर्खाको रगत पसिना र भक्तले बनेको हो ।

विश्व वैज्ञानिक आईस्टाईनले पनी भनेका छन् “हुनत म त्यती तीव्र तिक्ष्ण प्रतीभा भएको व्यक्ति त होईन तर मलाई कुनै पनि विषयमा अध्ययन गर्दा वा मनन गर्दा एउटै शब्दले घचघाई रह्यो त्यो शब्द भनेको किन ? किन कै जवाफ दिन मलाई उत्तर खोज्ने बानी पर्यो अनि म सिक्दै गएँ” । त्यसैले अहिलेको युवाहरुमा यसप्रति उत्सुक्ता देखिँदैन । राष्ट्र परिवर्तन र निर्माणमा अहम् भूमिका खेल्नेहरुले आईन्साटाईन प्रवृतिलाई अंगालेका हुन्छन् ।

अहिले सूचना प्रविधि यतिस्तरमा विकास भएको छ कि बसीबसी युवाहरुले कुनै पनि प्रश्नको हल गर्दे जति पनि ज्ञान हासिल गर्न सक्छन् । तर बिडम्बना उनीहरुको चाहना र मन डुलाईराख्नले प्रवृतिले कुनै विषयको गहिराईंमा पुग्न सक्तैनन्। मनको वेगद्वरा  प्राप्त सूचनालाई फ्याल्दिन्छौँ । युवाहरुलाई थाहा हुन्छ–क्रिकेट अनि फूटबलमा कसले कति सतक र गोल हान्यो । तर,  सेना, प्रहरी के हो र उसको दायित्व के हो ? आत्मनिर्भरताको लागि के गर्नु पर्छ ? संविधानको प्रस्तवना थाहा हुँदैन । तर स्वतन्त्र अभिव्यक्तिको वकालत गर्न भने पुग्छ। अहिले युवाहरुको ठूलो खतरा भनेकै उनको अल्छिपन र सतही ज्ञान हो । यसबाट युवाहरुलाई टाढा राख्दै जसरी रूखलाई बलियो बनाउन जरालाई मजबुत बनाएझैँ उनीहरुले मजबुत र योग्य बनाउनुपर्छ । बहकिने युवा ज्यादै खतराजनक हुन्छ । युवाको चाख, सिक्ने अभिरुची नै ज्ञान प्राप्ती गर्ने सम्पत्ति हुन्।

माथि भनेजस्तै मानिसको जिन्दगीमा दुईवटा जन्म हुन्छ । एउटा आमाको कोखमा अर्को कर्ममा । कोखको जन्म कसैको हातमा होइन, भगवानको हातमा हुन्छ । म नेपालमा होईन युरोपमा जन्मन सक्थे । दोस्रो जन्म मेरो कर्मले तय गर्छ। यो कर्म भने मेरो हातमा छ कस्तो भाग्य लेख्ने । यो कुरा उनहरुको मनमस्थितिमा हाल्न सक्नुपर्छ।  हुन त मानिस सबै त्यही नै तर पनी मेडिकल कलेज अगाडि डाक्टरलाई लक्षित गर्दै खुलेका कफी पसलमा रक्सीको बोतल राख्ने पनि व्यापारी देखेको छु। आखिर त्यो कफी पसलेलाई के भन्ने ? भनिन्छ जस्तो कर्म त्यस्तै फल । ठगेर लुटेर जसले खान्छ, त्यसको त्यही हविगत हुन्छ । मानिस उत्कृष्ट प्राणि हो उसको जन्म अरुलाई सेवा गर्न भएको हो । बाच्न त पशुपन्छी पनि बाचेका छन् तर मानिसमा भएको विचार चेतना ऊसको अमूल्य सम्पत्ती हो । झन युवाको त कुरै भएन।  युवाहरलाई सत्कर्ममा लगाउनु सक्नुपर्छ । सनातन परम्परा संस्कार आध्यात्मिक विषयहरुले बच्चैदेखि उनीहरुलाई सिचित गरिनुपर्छ । बुढेशकालमा मात्र पढ्ने श्रीमद भागवतगीता हो भन्ने सोचबाट बाहिर ल्याई युवाहरुको हातमा धार्मिक ग्रन्थहरु थमाइनुपर्छ । तब मात्र तप, जप, त्याग, तपस्या अनि बलिदानको संस्कार उनीमा विकास हुन सक्छ । उनीहरुलाई भन्न सक्नुपर्छ, अरुको सेवा गर्नु नै हाम्रो परम् सेवा हो भनेर ।

भन्न सक्नुपर्छ उनीहरुलाई “जब हितको कुरा आउँछ, राष्ट्रिय हित भन्दा कुनै कुरा ठूलो हुँदैन । जब सम्मानको कुरा आउँछ, राष्ट्र सम्मान भन्दा ठूलो कुनै हुँदैन । जब प्रेमको कुरा आउँछ, राष्ट्रप्रेम भन्दा ठूलो कुनै हुँदैन । जब भक्तिको कुरा आउँछ, राष्ट्र भक्ति भन्दा ठूलो केही हुँदैन। जब सेवाको कुरा आउँछ, राष्ट्रसेवा भन्दा कुनै माथि हुदैन । जब गौरवको कुरा आउँछ, राष्ट्रिय गौरव भन्दा ठू गौरब कुनै हुँदैन । हाम्रो देश र मातृभुमिलाई राष्ट्रदेव भवः भन्न सिकाउनु पर्छ ।

सरकारले मनन गर्नु पर्ने कुराहरुः

बगलादेशको घटनाः बंगलादेशको हालै भएको परिवर्तनमा विष्लेषण गर्ने हो भने विश्वमा जतिपनि परिवर्तन भए ती सबै युवाको सक्रिय मसिहा बिना सम्भव थिएनन् । हालै बगलादेशमा भएको युवाहरुको अगुवाई र सक्रियतालाई उदाहरणको रुपमा लिन सकिन्छ। भएको ठूलो परिवर्तन पछाडि युवाहरुको भूमिका रहेको कसैबाट छुपेको छैन। यो उथलपुथलताको वास्तविकता विस्तारै खुल्दै जाला । तरपनि उक्त परिवर्तनमा युवा शनशक्तिमा आवद्द कसैले युवा मुभमेन्टको नेतत्व गरेका थिए । उनीहरुले  सरकारविरुद्ध मोर्चा कस्दै भने “आज लाठी समात्ने युवाले भोलि चाहेमा हतियार पनि सजिलै सित उठाउन सक्छ।” कोही युवा सिभिल राईट र मानब अधिकारकर्मी थिए, जसले ५ जुन २०२४ मा भएको आरक्षण कोटा ३० प्रतिशतबाट ५ प्रतिशतमा झार्ने अदालती निर्णयलाई स्वीकारेनन् । उनीहरुले विद्यार्थी आन्दोलनलाई अगाडि बढाई राखे । वास्तवमा पाकिस्तानबाट बंगलादेश स्वतन्त्र हुँदा हसिनाका बाबु मजबुर रहमान, जसलाई बगालदेशमा राष्ट्रपिता समेत भनिन्थ्यो । उनीसितै देश स्वतन्त्रताको लागि मुक्ति जुधा लडेका थिए ।

त्यसैको कदरस्वरुप शहिद परिवारका सदस्यहरुलाई शैक्षिकक भर्ना र सरकारी नोकरीमा भएको आक्षरणको व्यवस्था गरिएको थियो ।  कोटा पुस्तौदेखि दिँदै आईरहकेो थियो । धेरै युवा नेताहरु पक्राउमा परे । तर उनीहरुबाट बाहिरएको श्रव्य सामाग्रीमा भनिएको थियो “जति पनि युवाहरु छन् आसपासमा भैरहेको सरकार विरोध प्रर्दशनमा सरिक हुनको लागि ।” पछि विद्यार्थीको प्रदर्शनमा आमनागरिकहरुको व्यापक सहभागिता रह्यो । ठूलो समूह प्रधानमन्त्री कार्यालय घेराऊ गरे। करिब ३ सयको हतातत र २५ हजार मानिसहरु घाईते भईसकेको थियो । ठूलो समूह भड्कियो । प्रतिफल स्वरुप सत्तापलट भयो। प्रधानमन्त्रीले पदबाट राजीनामा मात्र हैन देश छोड्न पर्ने सम्मको अवस्था आयो । यसको पछाडि भित्री कारण अन्य पनि केही थियो भने भ्रष्टाचार थियो ।

आर्थिक प्रगति भनिएता पनि केही मुठीभरका समुहले बाहेक सर्वसाधरणले विकासको महसुस गर्न पाएका थिएनन् । त्यस्तो हुदाहुदै पनि अन्तिममा युवाहरुसित जोडिएको र उनले उठाएको आरक्षण कै विषयले ठूलो माहौल सडक ततायो र  निर्णायक भुमिका खेल्यो । त्यसैले भन्न सक्छौ–सायद युवाहरु खुल्ला रुपमा सडकमा नआएको भए सरकारको सत्तापलट हुनै सक्तैन थ्यो । यो युवाको भड्कियो आगोको प्रतिफल थियो। यसमा अरु देशहरुले पनी ठूलो शिक्षा लिनैपर्छ । शक्ति त युवाकै हो तर यो शक्ति सिर्जनात्मक हुन सक्छ भने बरदबाद गर्ने पनि हुन सक्छ । यो कुरालाई राष्ट्रका नेतृत्वकर्ताहरुले बुझ्नै पर्छ नारामा मात्र सीमित नरही वास्तवमा राष्ट्रको यदि समृद्धि चाहने हो भने  युवाहरुको सीप, विकास उपयोग र शक्तिलाई परिस्कृत गर्दै राष्ट्रका महत्वपूर्ण स्थानहरुमा कार्य निर्देश सहित संरचनावद्ध गरिनु पर्दछ ।

जुन देशमा भ्रष्ट्रचारले जरो गाड्छ, उठाईएको कर विदेशबाट आएको रेमिन्ट्यास समेतको श्रोत साधन सहि रुपमा आबश्यकता अनुरुप प्रक्षेपण हुदैन र नितीमा देखाउनकै लागी झै गरेर राम्रा राम्रा विषयहरु राखिन्छन् र आश्वासन बाढिन्छन। शिक्षा प्राप्त गर्छन् तर रोजगारीको समान अवसर मिल्दैन र रोजगारीको क्षेत्र सीमित हुन्छ। यस्तो अजस्थामा युवाहरुले भड्किन सक्छन्, विदेशिन सक्छन । आखिर उनले पनि त सपना देखेको हुन्छन् । पढुँला, शिक्षित हुँला र राष्ट्रको सेवाको साथै समुन्नत परिवारसहित प्रतिष्ठाको जीवन जिउँला भनेर । तर सो परिकल्पना गरेको यदि  वातावरण नै नपाउँदा उनीहरु विदेशिन बाध्यता हुन्छन् र उनिहरुमा आक्रोसित मनसिकता विकास हुन जान्छ । भोलि बंगालादेश झै कुनै देशमा युवाको आगो बल्न सक्छ । बालक हुँदै युवाहरुलाई चाहिने वास्तवमा स्वच्छ वातावरण हो । त्यो वातावरण हाम्रा  अग्रजहरुले बाबु आमाको रुपमा, सरकारले अगुवाहरुले दिन सक्नु पर्छ । ईमान्दारिताको संस्कार र निष्ठावान परिवेशले उनीहरुमाथि सकरात्मक सोचको विकास  गराउन सक्छ । यही मनस्थितिले उनलाई सदैब असहज वातावरणमा बस्दै आफुले सिकेको शीक्षा र सिपले सृजनात्मक शैली अनरुप प्राप्त श्रोत साधनलाई अधिकतम रुपमा उपयोग गर्न सक्छन् । वास्तवमा उनीहरुमा चाहिने ईमान्दारिताको संस्कारनै हो । त्यो हामिले घर, स्कुल विध्यालय देखि विश्बविध्यालसम्म दिन सक्नु पर्छ ।

युवाहरु यदि हित चाहने हो भने हामी अग्रजहरुले पनि उनीहरुलाई आर्थिक सहयोग भन्दा पनि नैतिक र भावमात्मकरुपमा मार्गनिर्देशन गर्नु पर्दछ । सही मार्गनिर्देशन भएमा सोही अनुरुपको सही मूल्य बन्छ । त्यसबाट राम्रो प्रवृतिको विकास हुन जान्छ ।

आजकाल देशको कमजोरी बताउनु सबैलाई मनपर्ने देखिन्छ। युवालाई नहुने कुरै भएन। हाम्रो देश वीरताले बनेको, प्रकृतिले भरिपूर्ण स्विजरल्याण्ड बन्न सक्ने गुणगुणैले भरिएको एउटा सशक्त देश हो । हामी कमजोरी देखाउनेले त्यसबाट उम्कने तरिकाबारे पनि भन्नु उतिकै जरुरी होला नी ! युवाहरुलाई हामीले जति सक्दो त्यति सकारात्मक सूचनाहरु प्रवाह गर्न सक्नु पर्छ ।  बालकबाट युवा हुने हो। मलाई पनी बालक हुदै युवा हुदासम्म मैँले मेरो आमाबाट जानेको कुरा के भने ? कहिले पनी मलाइ गाली गरिबक्सने त्यति मात्रै हो र जहिले पनि तिमी मेरो कान्छो छोरा हौ तिमी भोलीको हिरो हौ मलाई थाहा छ तिमीले गर्न सक्छौ मात्र भनि बक्स्यो । आज म ३० बर्ष सच्चा देशभक्तको रुपमा  देश  सेवा गरी विषम परिस्थितिमा काम गरेर सेवानिवृत्त भएको छु । मलाई लाग्छ प्रत्येक बाबु र आमाबाट हुने आफ्नो सन्तति प्रतिको सकारात्मक प्रवृति यो भन्दा अरु केही हुनै सक्तैन ।

सबैभन्दा युवाहरुलाई प्रभाव पार्ने भनेको नैतिक जिम्मेवारी हो। यसभित्र दुईप्रकार समुह देखिन्छन् – एउटा लक्ष्यसहित अगाडी बढिरहेका र अर्को लक्ष्यको खोजीमा रहेका । हुनत बालक देखी यबा हुदा सम्म  जीवनको अभ्यास गर्दै सिक्दै आइरहेको हुन्छ । यो बेला उनीहरुले राम्रो हात पक्रन पाएमा उनीहरुमा रहेको शक्ती केही वर्षमै निकै बढन् जान्छ। उनीहरुले आफ्नो जीवनको सिदान्त निर्माण गर्नछन । त्यही सिन्दान्त अनरुप  उनीहरुको व्यक्तित्वको निर्माण हुन्छ । सही मानिसको हात पक्रने बित्तिकै उनीहरुमा साहस र आत्माविश्वसको विकास हुन्छ । यही विकसित विश्वासले अरुलाई पनि सहयोग गर्न थाल्छ । तर, बिडम्बना नै मान्नुपर्छ यस्तो राम्रो हात बिरलै युवाले पाउछन् । राम्रो हात नपाउने बित्तिकै शंकै छैन उनीहरु गलतको प्रभाव पर्न जान्छन् । गलत मुल्य र सो अनरुपको आचारण अनरुपनै  नराम्रो व्यक्तित्वको पर्दापरण हुन्छ । भन्ने हो भने गलतलाई रोक्न त सकिन्न तर सहिलाई बढाबा दिन त सकिन्छ नी । यसपट्टि ध्यान जानुपर्छ।

अन्तमाः

युवाको सरक्षण, सम्बर्द्धन अनि सुरक्षा र विकास कुनै पनि राष्ट्रको लागि अपरिहार्य हुन्छ । यो कुरा सबै सरोकार निकाय, परिबार समाज मनन गर्ने पर्छ।  श्रोत साधन जति प्रचुरमात्रामा भए पनि आखिर मानव संशाधन सही रुपमा व्यवस्थापन भएन भने ति सबै मुल्यहीन साबित हुन्छन् । गर्ने एउटै व्यक्तिले हो त्यो पनी युवा अवस्थामा बुढेसकालमा होईन । जति गर्ने व्यक्तिहरुको सख्या बढ्छ, त्यति नै परिवार, समुदाय अनि देशले सम्मुन्नतको शिखर चुम्न सक्छन् ।

युवाहरुको यदि हित चाहने हो भने हामी अग्रजहरुले पनि उनिहरुलाई आर्थिक सहयोग भन्दा पनि नैतिक र भावमात्मकरुपमा मार्गनिर्देशन गर्नुपर्दछ । सही मार्गनिर्देशन भएमा सोही अनुरुपको सही मूल्य बन्छ । त्यसबाट राम्रो प्रवृत्तिको विकास हुन जान्छ।

रोगारीको क्षेत्र बढाउन  सरकारहरुले सिपयुक्त युवा जनशक्ति मात्र होईन कम्पनीहरु खोल्न सक्नु पर्छ। उद्योग, कलकारखाना कृषीमा क्रान्ति ल्याउन विशेष अभियानसहित युवाहरुको परिचालन गर्न सक्नु पर्छ । विशेष कार्यक्रम मार्फत सिपयुक्त तालिमदेखि उनीहरुको मनस्थितिमा लोकसेवा भन्दा पनि रोजगारी खोज्ने होईन कि रोजगारीमा आत्मानिर्भरता गर्ने सक्ने सोच हाल्नुपर्ने हुन्छ । राष्ट्र भन्दा माथि केही पनि हुदैँन, राष्ट्र सर्अवप्रथम नि राष्ट्ररार्थ युवाको महत्वलाई उन सक्नु पर्छ।  शहरतर्फ आकर्षित युवाहरुलाई गाउँमै रोक्ने सक्ने रोजगारको योजनालाई विशेष प्राथमिकतामा राख्नु पर्दछ । युवालाई विदेशजानबाट रोक्न सक्नु पर्छ ।  युवाहरुलाई राष्ट्रिय सुरक्षा बारेमा चेतना जोगाउँदै सो बारेमा ज्ञान दिलाउनु पर्ने अति आवश्यक देखिन्छ । युवालाई स्वच्छ वातावरण दिनु पर्दछ। उनीहरुको स्वास्थमा पनि दिनुपर्छ ।

(बस्यात पूर्व प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) हुन् ।)