काठमाडौं-नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नयाँ सरकार गठनपछि मात्र पार्टी एकीकरणको प्रक्रिया अगाडि बढ्ने भएको छ ।


ADVERTISEMENT


पार्टी एकताभन्दा पनि सरकार गठनकै गृहकार्यमा बढी लाग्नुपर्ने भएकाले सरकार गठनपछि मात्र पार्टी एकताको प्रक्रिया अगाडि बढाउने भएको हो ।


ADVERTISEMENT

# # #


एमाले अध्यक्ष केपी शर्मा ओली सरकार गठन गरेर मात्र पार्टी एकताको पक्रिया अगाडि बढाउने तयारीमा छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने सरकार गठनअघि नै पार्टी एकताको खाका सार्वजनिक गर्नुपर्ने अडानमा छन् ।

ओली र प्रचण्डबीच धेरैपटक छलफल भए पनि अध्यक्ष पदमा कुरा मिल्न सकेको छैन् ।-आजको नेपाल समाचारपत्रबाट