काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ल्याएको ‘पार्टनर फर प्रोग्रेस’ भिडियो प्रतियोगिताका प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको छ ।


ADVERTISEMENT


प्रतियोगिताको समाप्ती संगै छानिएका उत्कृष्ट तीन विजेतालाई बैँकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा आइतबार आयोजित एक समारोहकाबीच सम्मान स्वरुप चेक हस्तान्तरण गरेका छन् । जसमा उत्कृष्ट भएकी निकिता गुरुङ, द्वितीय बबिता दुलाल बस्ताकोटी र तृतीय कृशल श्रेष्ठलाई क्रमश नगद पुरस्कार रु ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्रदान गरिएको हो ।


ADVERTISEMENT

# # #


आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन बैँकले गत जेष्ठ र आषाढ महिनामा ल्याएको ‘पार्टनर फर प्रोग्रेस’ र ‘हजुरको प्रगतिको सहयात्री’ नामक फेसबुक भिडियो प्रतियोगिताको आयोजना गरेको थियो । व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले सो प्रतियोगिताको आयोजना गरेको थियो ।

जीवनमा सफलता प्राप्ति गर्न र आफूले चाहेको लक्ष्य हासिल गर्न आफ्नो परिवारका सदस्यहरु जस्तै श्रीमतीको लागि श्रीमान र बच्चाहरु, बहिनीको लागि दाजु र छोराको लागि बुवाको भूमिका निकै नै महत्वपूर्ण हुने कुरा उनीहरुले आ-आफ्नो भिडियो मार्फत दशाएका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।