काठमाडौँ – गत आर्थिक वर्ष (२०८०/८१)मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ विप्रेषण (रेमिटेन्स) भित्रिएको छ । राष्ट्र बैँकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।


ADVERTISEMENT


सार्वजनिक विवरण अनुसार रेमिटेन्स आप्रवाहमा १६.५ प्रतिशत वृद्धि भएको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई रु.१० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।


ADVERTISEMENT

# # #


यस्तै गत आर्थिक वर्ष ४ लाख ६ हजार १०३ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या २८१,१९९ रहेको राष्ट्र बैँकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ रहेको थियो ।

यस्तै गत आर्थिक वर्ष खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भई रु.१५७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।