राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफुले प्रधानमन्त्रीसंग भेट्न समय नपाएको गुनासो गरेका छन् ।


ADVERTISEMENT


आइतबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै गौतमले देश र जनताका विषयमा कुरा गर्न आफूले प्रधानमन्त्रीसंग भेट गर्न खोजे पनि समय नपाएको गुनासो गरेका हुन् । सरकारका प्रमुखसंग कुरा गर्दा हुुने विषयमा प्रधानमन्त्रीसंग भेट गर्न समय नपाएकाले राष्ट्रियसभालाई गुहारेर धारणा राखेको उनले बताए ।


ADVERTISEMENT

# # #


गौतमले नेपालको भौगोलिक बनावटका कारण प्राकृतिक प्रकोपका घटनाहरु धेरै हुने गरेको उल्लेख गरे । प्राकृतिक प्रकोपका घटना घट्नुभन्दा पहिले नै गर्नुपर्ने काममा विषयमा नेपालका राजनीतिक दलका नेताहरुको ध्यान जान नसकेको उनले बताए ।

उनले स्थायी रुपमा पहिरोबाट हुने क्षति रोक्न जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो बनाउनका लागि इजरायलको प्रविधि भित्र्याउनुपर्नेमा जोड दिए । गौतमले यसका लागि तत्कालै परराष्ट्रमन्त्री वा प्रधानमन्त्रीले इजरायलका राजदूतसँग छलफल सुरु गर्नुपर्ने सुझाव दिए ।

उनले नेपाली जनताको सुरक्षाका साथै विकास र समृद्धिका लागि पनि उक्त प्रविधि आवश्यक रहेको उल्लेख गरे ।