काठमाडौँ – भारतको औपचारिक भ्रमणका रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय समकक्षी एस.जयशङ्करबीच भेटवार्ता भएको छ ।
नयाँ दिल्लीमा भएको भेटवार्ताका लागि पुगेकी परराष्ट्रमन्त्रीलाई भारतीय विदेशमन्त्री जयशङ्करले स्वागत गरेका थिए । भेटका क्रममा उनीहरुबीच द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री राणाको सम्मानमा भारतीय विदेशमन्त्री जयशंकरले दिवाभोजको समेत आयोजना गरेका थिए ।
भारतीय विदेशमन्त्री एस.जयशङ्करको निमन्त्रणामा मन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी हुन् । यो उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।


























































